नेपालमा अब २०० र ५०० दरका भारतीय नोट पनि बोक्न पाइने
प्रकाशित मिति: शुक्रबार, साउन ०८, २०८३ | १२:४३:०५
चितवन, ०८ साउन । नेपाल राष्ट्र बैंकले अब २५ हजार भारतीय रुपैयाँसम्मको सीमा ननाघ्ने गरी २०० र ५०० दरका भारतीय नोट नेपालमा ल्याउन तथा बोक्न पाउने व्यवस्था गरेको छ। यसअघि १०० रुपैयाँ वा सोभन्दा कम दरका भारतीय नोट मात्र ल्याउन पाइने व्यवस्था थियो।
राष्ट्र बैंकले शुक्रबार जारी गरेको सूचनाअनुसार २ हजार दरका भारतीय नोटमाथिको प्रतिबन्ध भने यथावत् रहनेछ। साथै, ल्याइने नोटहरू भारत सरकारले सन् २०१६ को नोभेम्बर वा त्यसपछि जारी गरेका हुनुपर्ने व्यवस्था गरिएको छ।
प्रकाशित मिति : शुक्रबार, साउन ०८, २०८३ |
१२:४३:०५
375


















