आजको मौसम
प्रकाशित मिति: सोमबार, कार्तिक १०, २०८२ | ९:२५:३१
चितवन, १० कार्तिक । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको प्रभावसँगै अरब सागरमा विकसित न्यून चापीय प्रणालीको असर देखिएको छ। यसको प्रभावले आज देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने तराईका क्षेत्रमा आंशिक बदली रहनेछ।
उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। आज राति पनि यस्तै मौसम रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।
गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानहरूमा, साथै बाँकी प्रदेशका उच्च पहाडी क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
प्रकाशित मिति : सोमबार, कार्तिक १०, २०८२ |
९:२५:३१
793



























