सुनको भाउ २ हजारले घट्याे
चितवन, १० कार्तिक । सोमबार सुनको भाउ प्रतितोला २ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन यो मूल्य २ लाख ४१ हजार ९ सय रुपैयाँ थियो।
यसअघि अघिल्लो दिन सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँ घटेको थियो भने तिहारपछि कुल १३ हजार ६ सय रुपैयाँले घटेको छ। असोज ३१ मा सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य हो।
अन्तर्राष्ट्रिय बजारमा अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौताको ढाँचामा सहमति जुटेपछि सुनको मूल्य घटेको र यसको प्रभाव नेपाली बजारमा पनि देखिएको महासंघले जनाएको छ।
चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ। अघिल्लो दिन ३ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २ हजार ९८० रुपैयाँमा झरेको महासंघले जानकारी दिएको छ।
						  
					
    
















