प्रतिकूल मौसमका कारण देशभरका हवाई उडान प्रभावित
  प्रकाशित मिति:  मंगलबार, कार्तिक ११, २०८२ |  १३:३९:४१                                                                
                              
चितवन ,११ कार्तिक । पोखरामा नेपाल विद्युत् प्राधिकरणका ट्रान्सफर्मरमा जडान गरिएका तामाका तार चोरी गर्ने समूह फेरि सक्रिय भएको छ । हाल पोखरा–१८ ग्यारजाती र पोखरा–२२ पुम्दीभुम्दीका ट्रान्सफर्मरबाट तामाका तार चोरी भएको प्राधिकरण पोखरा वितरण केन्द्रले जनाएको छ ।
यस्तै, वडा नं. १८ सुन्दर चौतारा, पदेंली, वडा नं. २१ पोख्रेल थोक र अन्नपूर्ण गाउँपालिकाको अधिकारीडाँडामा समेत तार चोरी भएका छन् । चोरीका कारण ती क्षेत्रका उपभोक्ता विद्युत् सेवाबाट वञ्चित बनेका छन् ।
तार चोरीको घटनामा वृद्धि भएपछि प्राधिकरणले ट्रान्सफर्मर आसपास अपरिचित व्यक्ति देखिए तत्काल जानकारी दिन आग्रह गरेको छ । यसअघि पनि निरन्तर चोरीको घटनाले विद्युत् आपूर्ति प्रभावित भएकाले प्राधिकरणले प्रहरीसँग सुरक्षा सहयोग माग गरेको जनाएको छ ।
  
		 		  प्रकाशित मिति :    मंगलबार, कार्तिक ११, २०८२ |   
			 १३:३९:४१                                
                                 771                                
                                
                                 
                                
       
						  
					
    















