आजकाे राशिफल
चितवन, २१ कार्तिक । आज २०८२ साल कात्तिक २१ गते शुक्रबार। मंसिर कृष्ण पक्षको द्वितीया तिथि। । तदनुसार सन् २०२५ नोभेम्बर ७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : रोकिएको काम बन्नुका साथै परिवारमा सुख शान्ति बढ्नेछ। आफ्नो कार्यलाई ईमानदारी साथ गर्नुहोस् सफलता मिल्नेछ। वाहन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
वृष : हतारमा निर्णय लिनबाट बच्नुहोस्। राजनीतिक व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। व्यापारमा नयाँ लगानी लगाउने समय रहेको छ। विवादित विषयबाट टाढा रहनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।
मिथुन : स्वास्थ्यमा ध्यान दिने आवश्यकता रहेको छ। परिवारबाट भनेजस्तो सहयोग नमिल्ला। पुराना कार्यहरू पूरा गर्ने समय रहेको छ। नमागी कसैलाई सल्लाह नदिनुहोस्। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ७ रहेको छ।
कर्कट : आँटेको कार्यमा सफलता मिल्नेछ। विद्यार्थीहरूलाई पढाइमा एकाग्रताको आवश्यकता रहेको छ। शेयर बजारबाट मनग्य लाभ आर्जन हुनेछ। शुभचिन्तकहरूको साथ र सहयोग पाइनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
सिंह : पुरानो कुरालाई भुलेर अगाडि बढ्नुहोस्। नोकरी वा पेशामा अधिकारी वर्गहरूको सहयोग पाइनेछ। नयाँ कार्यको थालनी हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
कन्या : अधिकार प्राप्तिको लागि प्रतिस्पर्धामा विजयी भइनेछ। रमाइलो यात्राको सम्भावना रहेको छ। रोकिएका अपूर्ण काम पुनः प्रारम्भ हुनेछन्। आध्यात्मिक चेतनाको विकास हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।
तुला : गोपनीय ढंगले गरेको क्रियाकलापमा सफलता पाइनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। मानसिक अशान्ति रहनेछ। कार्यक्षेत्रमा कार्य दोहोराएर गर्नुपर्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक : दाम्पत्य जीवन सुमधुर रहनेछ। उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। नयाँ ठाउँमा लगानीको वातावरण बन्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
धनु : आँटेको काममा ढिला हुनेछ। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। कार्यक्षेत्रमा चुनौतीहरूले पछ्याउनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।
मकर : सन्तानको प्रगतिले मन हर्षित रहनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। काम गर्ने जोश जागर बढ्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।
कुम्भ : आदर्श व्यक्तिहरूसँग सहकार्य गर्ने अनुभव प्राप्त हुनेछ। बोली वचनमा संयमता अपनाउनुहोला। कार्यक्षेत्रमा परिश्रमको उचित मूल्यांकन नमिल्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।
मीन :मनमिल्दो साथीसँग भेटघाटले मन उत्साहित रहनेछ। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। व्यापारबाट लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ९ रहेको छ।










