आजको राशिफल
चितवन, २७ कार्तिक । आज २०८२ साल कात्तिक २७ गते, बिहीबार। मंसिर कृष्ण पक्षको नवमी तिथि परेको छ। यस दिन सन् २०२५ नोभेम्बर १३ तारिख पनि पर्दछ। नक्षत्रका आधारमा १२ वटा राशिहरू निर्धारण गरिन्छ। चन्द्रमा, राशि र नक्षत्रका पदका अनुसार नामकरण गरिने र त्यसै आधारमा व्यक्तिको दैनिकी तथा भविष्यको अनुमान गरिन्छ ।
मेष : सन्तानको प्रगतिप्रति चिन्ता बढ्न सक्छ। आर्थिक कारोबारमा सफलता प्राप्त हुनेछ। कानुनी पक्ष बलियो रहनेछ।
शुभ रंग: बैजनी शुभ अंक: ४
वृष : पारिवारिक जमघटमा रमाइलो समय बित्नेछ। जग्गा–जमिनबाट लाभ हुने सम्भावना छ। भविष्यका लागि नयाँ योजनाहरू बन्नेछन्।
शुभ रंग: गुलाबी शुभ अंक: ८
मिथुन : साहसिक कार्यका लागि अनुकूल समय छ। योजना विपरीत काम नगर्नुहोस्। सानो प्रयासले पनि राम्रो नतिजा पाइनेछ।
शुभ रंग: केशरी शुभ अंक: ४
कर्कट : तात्कालिक फाइदा खोज्दा पछि पछुतो हुन सक्छ। खर्चमा नियन्त्रण राख्नुहोस्। विद्यार्थीहरूको तर्कशक्ति र ज्ञानमा वृद्धि हुनेछ।
शुभ रंग: निलो शुभ अंक: २
सिंह : मानसम्मान र प्रतिष्ठा बढ्नेछ। लगनशीलताले फाइदा दिलाउनेछ। दीर्घकालीन योजना सुरू गर्न सकिनेछ।
शुभ रंग: पहेँलो शुभ अंक: ४
कन्या : सहयोगीहरूको साथले इच्छित काम पूरा हुनेछ। स्वास्थ्यप्रति सचेत रहनुहोस्। संयमित व्यवहारले सम्बन्ध बलियो बनाउनेछ।
शुभ रंग: निलो शुभ अंक: ३
तुला : संचित धनमा वृद्धि हुनेछ। व्यापार, व्यवसाय वा ठेक्का–पट्टा सम्बन्धी कार्यमा लाभ पाइनेछ। वरिष्ठ व्यक्तिको सहयोग मिल्नेछ।
शुभ रंग: सेतो शुभ अंक: ४
वृश्चिक : पुरुषार्थी कार्यका लागि अनुकूल समय छ। विद्यार्थीहरूलाई रचनात्मक क्षेत्रमा सफलता मिल्नेछ। पिताको सहयोग लाभदायी हुनेछ।
शुभ रंग: रातो शुभ अंक: ८
धनु : नोकरी वा पेशामा नयाँ जिम्मेवारी आउन सक्छ। लगनशील प्रयासले राम्रो लाभ दिलाउनेछ। प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्यको मौका मिल्नेछ।
शुभ रंग: हरियो शुभ अंक: ३
मकर : खर्च बढ्न सक्छ, आर्थिक व्यवस्थापनमा ध्यान दिनुहोस्। आवश्यक वस्तु जुटाउन ढिलाइ हुन सक्छ। अध्यात्मतिर रुचि बढ्नेछ।
शुभ रंग: केशरी शुभ अंक: ७
कुम्भ : ठूलो फाइदाका लागि केही त्याग गर्नुपर्ला। साझेदारी व्यापारमा लाभ हुनेछ। जीवनसाथीको साथ सहयोग मिल्नेछ। परिवारसँग भेटघाटको अवसर रहनेछ।
शुभ रंग: सुन्तला शुभ अंक: २
मीन : प्रतियोगी परीक्षामा सफलता सम्भव छ। विश्वास पात्रबाट धोका पाउने सम्भावना भएकाले सचेत रहनुहोस्। सवारी चलाउँदा सावधानी अपनाउनुहोस्।
शुभ रंग: निलो शुभ अंक: ६







