अनलाइन ठगी बढ्दै, काठमाडौँ प्रहरीले सात बुँदे चेतना सार्वजनिक गर्यो
चितवन, ०४ मंसिर । अन्तिम समयअनुसार अनलाइनमार्फत हुने ठगीका घटना बढ्दै गएपछि नेपाल प्रहरीले नागरिकलाई सचेत रहन सात बुँदे अनुरोध सार्वजनिक गरेको छ।
काठमाडौँ जिल्ला प्रहरी परिसरले जारी गरेको सार्वजनिक सूचनामा अनलाइन ठगीका विविध तरिकाबारे जानकारी दिँदै सावधान रहन आग्रह गरिएको हो।
परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारेर रकम ठगी गर्ने घटना दैनिकजसो बढ्दै गएपछि चेतनामूलक सूचना सार्वजनिक गरिएको हो। फेसबुक, इमो, ह्वाट्सएप, भाइबर, इन्स्टाग्रामजस्ता माध्यमबाट ‘चिठ्ठा परेको छ’ भन्दै राजस्व तिर्नु भन्दै रकम झिकाउनेजस्ता ठगीका गतिविधिबाट बच्न आग्रह गरिएको छ।
साथै, अनलाइनबाट सामान खरिद गर्दा आधिकारिक बिक्रेता पहिचान गरी मात्र भुक्तानी गर्न, नगद कारोबार गर्दा पनि सुरक्षित रहनेतर्फ ध्यान दिन अनुरोध गरिएको छ।
प्रवक्ता भट्टराईका अनुसार अपरिचित व्यक्ति वा नम्बरबाट गरिएको भिडियो कल रेकर्ड गरी त्यसलाई अश्लील बनाइ ‘ब्ल्याकमेल’ गर्ने जोखिम पनि बढेकाले यस्ता कलप्रति विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
























