एनपिएलः कर्णालीलाई १५७ रनको चुनौती
प्रकाशित मिति: शनिबार, मंसिर ०६, २०८२ | १३:५७:०३
चितवन, ०६ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शनिबार जारी खेलमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ब्याटिङ उकास्दा कर्णाली याक्सले १५७ रनको लक्ष्य पाएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५६ रन जोड्यो ।लुम्बिनीका कप्तान ४९ रन जोडेर आउट भए ।
४३ बलमा उनले चार चौका र २ छक्का प्रहार गरेका थिए । उनी लुम्बिनीका सर्वाधिक रन जोड्ने ब्याटर हुन् । उनलाई कर्णालीका कप्तान सोमपाल कामीले आउट गराए ।
प्रकाशित मिति : शनिबार, मंसिर ०६, २०८२ |
१३:५७:०३
595

















