एनपीएलको टिकट बुकिङ खुला, मूल्य ५ सयदेखि २ हजारसम्म
प्रकाशित मिति: शुक्रबार, कार्तिक २८, २०८२ | ८:१५:०७
चितवन, २८ कार्तिक । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टिकट बिक्री औपचारिक रूपमा सुरु गरेको छ। मङ्सिर १ देखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने प्रतियोगिताका लागि विभिन्न दरका टिकट उपलब्ध हुनेछन्।
ओपनिङ डे र शनिबारका खेलका लागि जनरल टिकट मूल्य रु ५०० तथा प्रिमियम टिकट रु १,५०० तोकिएको छ। त्यस्तै, साप्ताहिक दिनमा हुने खेलमा जनरल टिकट रु ५०० र प्रिमियम टिकट रु १,००० पर्ने क्यानले जनाएको छ। सबै खेल एकै पासमार्फत हेर्न चाहने दर्शकका लागि रु १५,००० मा विशेष सिजन पासको व्यवस्था गरिएको छ, जसले सम्पूर्ण खेलमा प्रवेश गर्न अनुमति दिनेछ ।
टिकट बिक्रीका लागि ‘खल्ती बाइ आईएमई’ लाई अधिकृत साझेदार तोकिएको छ, जसमार्फत दर्शकले अनलाइनमै टिकट खरिद गर्न सक्नेछन् ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक २८, २०८२ |
८:१५:०७
903



















