जेनजी आन्दोलनमा संलग्न दुई नाबालकसहित ११ कैदी पक्राउ
प्रकाशित मिति: मंगलबार, पौष ०८, २०८२ | १२:४८:५३
चितवन, ०८ पुष । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विभिन्न बाल सुधार गृह र कारागारबाट फरार भएका कैदीबन्दीमध्ये सिरहा प्रहरीले हालसम्म दुई नाबालकसहित ११ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, जलेश्वर, नख्खु, जगन्नाथ देवल, सप्तरी, सिन्धुली, केन्द्रीय कारागार र बाल सुधार गृह वीरगञ्जबाट फरार भएका कैदीबन्दीहरू पक्राउ परेका हुन्।
पक्राउ गरिएका ९ जनालाई सम्बन्धित कारागार र सुधार गृहमा बुझाइसकिएको छ भने बाँकी दुई जनालाई बुझाउने प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।
यसैबीच, प्रहरीले धनगढीमाई नगरपालिका-११ डाबरटोलस्थित चितवा खोला नजिक सोमबार दिउँसो बेवारिसे अवस्थामा एक नाल भरुवा बन्दुक फेला पारेको छ। यससम्बन्धी अनुसन्धान इलाका प्रहरी कार्यालय लहानले गरिरहेको छ।
प्रकाशित मिति : मंगलबार, पौष ०८, २०८२ |
१२:४८:५३
595


























