त्रिभुवन विमानस्थलमा गाँजा तस्करी गर्ने भारतीय नागरिक पक्राउ, ४ किलो २८४ ग्राम गाँजासहित नियन्त्रणमा
प्रकाशित मिति: सोमबार, पौष ०७, २०८२ | ७:०४:४१
चितवन, ०७ पुष । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गाँजा तस्करी गर्ने क्रममा भारतीय नागरिक पक्राउ परेका छन्। ३३ वर्षीय रञ्जित सिंहलाई ४ किलो २८४ ग्राम गाँजासहित नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ।
लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार रञ्जित सिंह थाई एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौँ आएका थिए। विमानस्थल सुरक्षा र भन्सार कार्यालयका संयुक्त टोलीले उनको लगेज जाँच गर्दा गाँजा फेला परेको हो, जसपछि उनलाई पक्राउ गरिएको हो।
यसै क्रममा, रञ्जित सिंहको साथी पुनित शर्मा पनि गाँजा लिन विमानस्थल आएका थिए। उनलाई पनि विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ। दुबै जनालाई थप अनुसन्धान र कारबाहीको लागि लागुऔषध नियन्त्रण ब्यूरो पठाइएको छ।
प्रकाशित मिति : सोमबार, पौष ०७, २०८२ |
७:०४:४१
2091
























