एक जनाको भिरबाट लडेर मृत्यु
प्रकाशित मिति: बिहिबार, माघ ०१, २०८२ | १८:१०:३१
चितवन, ०१ माघ । दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार महाकाली नगरपालिका–२ दल्लेख धार क्षेत्रमा स्थानीय ४० वर्षीय राम सिंह डोबाल र ३६ वर्षीय पदम साहु भिरबाट लडेर घाइते भएका थिए ।
घाइते अवस्थामा उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएकोमा उपचारकै क्रममा डोबालको मृत्यु भएको हो ।
घाइते साहुको अस्पतालमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : बिहिबार, माघ ०१, २०८२ |
१८:१०:३१
441





















