रामेछाप बस दुर्घटना प्रकरणमा ११ बुँदे सहमति, आन्दोलन फिर्ता
प्रकाशित मिति: बिहिबार, माघ २९, २०८२ | १५:१६:१८
चितवन, २९ माघ । रामेछापको मन्थली नगरपालिका–६ मसानटार नजिकै भएको बस दुर्घटनासम्बन्धी विषयमा पीडित परिवार र सम्बन्धित पक्षबीच ११ बुँदे सहमति भएको छ।
जिल्ला प्रशासन कार्यालयमा बसेको छलफलमा पीडित परिवार, स्थानीय जनप्रतिनिधि, यातायात व्यवसायी तथा प्रशासनका प्रतिनिधिहरू सहभागी थिए। छलफलपछि मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने, घाइतेहरूको निःशुल्क उपचार गर्ने तथा दुर्घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही अघि बढाउने सहमति भएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए।
सहमति भएसँगै पीडित परिवारले शव बुझ्न र जारी आन्दोलनका कार्यक्रम स्थगित गर्न सहमति जनाएको छ। प्रशासनले सहमतिका बुँदा कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रकाशित मिति : बिहिबार, माघ २९, २०८२ |
१५:१६:१८
309






















