बैतडीमा जन्ती बोकेको बस दुर्घटना : १३ जनाको मृत्यु, ३४ जना घाइते
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२ | ९:०२:५१
चितवन, २३ माघ । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेर १३ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्। पुर्चौडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा गएराति सोही वडाको बढ्गाउँ मोडमा बस दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी इन्सपेक्टर बलदेव बडुका अनुसार दुर्घटनामा १३ जनाको ज्यान गएको छ।
घाइतेमध्ये २५ जनाको डडेलधुरा अस्पतालमा, ४ जनाको बझाङको देउलेकमा उपचार भइरहेको छ भने ५ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ। बेहुला–बेहुली भने अर्को सवारीसाधनमा रहेकाले सकुशल छन्। प्रहरीका अनुसार घटनास्थलमै ७ जनाको मृत्यु भएको थियो भने ५ जनाको डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ, एक जनाको सनाखत हुन बाँकी छ। बस चालक विरेन्द्र बुढालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : शुक्रबार, माघ २३, २०८२ |
९:०२:५१
1189



















