अन्तर्राष्ट्रिय समिटमा सहभागी हुन बाबुराम भट्टराई भारत प्रस्थान
प्रकाशित मिति: बुधबार, फाल्गुण २७, २०८२ | १५:४३:१५
चितवन, २७ फाल्गुण । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन भारत प्रस्थान गरेका छन् ।
भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विमर्शमा भाग लिन उनी त्यहाँ गएका हुन् ।
‘एनएक्सटी २०२६ ग्लोबल समिट’ नाम दिइएको उक्त कार्यक्रम नयाँ दिल्लीस्थित भारत मण्डपममा मार्च १२, १३ र १४ मा आयोजना हुने जनाइएको छ। समिटमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका प्रतिनिधिहरू सहभागी हुनेछन् भने डा. भट्टराई ‘गेस्ट अफ अनर’का रूपमा सहभागी हुने बताइएको छ ।
प्रकाशित मिति : बुधबार, फाल्गुण २७, २०८२ |
१५:४३:१५
331


























