गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी
प्रकाशित मिति: सोमबार, फाल्गुण २५, २०८२ | १७:५९:३७
चितवन, २५ फाल्गुण । गोरखा क्षेत्र नम्बर १ बाट सुधन गुरुङ विजयी भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गुरुङले २९ हजार ८९६ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत प्राप्त गरेका छन्।
प्रकाशित मिति : सोमबार, फाल्गुण २५, २०८२ |
१७:५९:३७
1079

























