लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन, तीन मन्त्रीले लिए शपथ
प्रकाशित मिति: मंगलबार, भाद्र ०९, २०८३ | १७:०३:३१
चितवन, ०९ भाद्र । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन भएसँगै तीन जना नयाँ मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य, इन्द्रजित थारुलाई आर्थिक मामिला तथा योजना र कृष्णा कुश्मा थारुलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारीसहित शपथ गराएका हुन्।
मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा प्रदेश प्रमुखले सोमबार मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। तीनै जना नवनियुक्त मन्त्री नेपाली कम्युनिस्ट पार्टीका सांसद हुन्।
पुनर्गठित मन्त्रिपरिषद्मा एमालेबाट मुख्यमन्त्रीसहित चार जना, नेपाली कम्युनिस्ट पार्टीबाट तीन जना र जसपा नेपालबाट दुई जना मन्त्री रहने सहमति भएको छ।
प्रकाशित मिति : मंगलबार, भाद्र ०९, २०८३ |
१७:०३:३१
133

























