सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३ | १३:२२:३४
चितवन, २९ साउन । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट नियुक्त भएका छन्।
प्रदेश प्रमुख नजीर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। सत्ता समीकरणमा परिवर्तनसँगै कमलबहादुर शाहले राजीनामा दिएपछि भट्ट सुदूरपश्चिमका पाँचौँ मुख्यमन्त्री बनेका हुन्।
भट्टको शपथग्रहण आज दिउँसो ३ बजे हुने तयारी गरिएको छ।
प्रकाशित मिति : शुक्रबार, साउन २९, २०८३ |
१३:२२:३४
265

























