सिरहा जिल्ला अदालत नजिकै बम विस्फोटको आशंका
प्रकाशित मिति: बुधबार, फाल्गुण २७, २०८२ | १८:२१:२६
चितवन, २७ फाल्गुण। सिरहा जिल्ला अदालत परिसर नजिकै बम विस्फोट भएको आशंका गरिएको छ।
प्रारम्भिक सूचनाअनुसार आज दिउँसो करिब ४ बजेतिर सुतली बम विस्फोट भएको बताइएको छ।
घटनापछि प्रहरी तथा सुरक्षा निकाय तत्काल घटनास्थलमा पुगेका छन् र क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाले दिएको जानकारीअनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
हालसम्म विस्फोट कसले गराएको हो भन्ने खुल्न सकेको छैन। प्रहरीका अनुसार अहिलेसम्म क्षतिको विवरण प्राप्त भएको छैन।
सुरक्षा निकायले स्थानीय बासिन्दालाई अनावश्यक भीड नगर्न र सतर्क रहन आग्रह गरेको छ। घटनाबारे थप जानकारी प्राप्त हुनेबित्तिकै सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
प्रकाशित मिति : बुधबार, फाल्गुण २७, २०८२ |
१८:२१:२६
177























