सूर्यविनायकबाट इन्सास राइफलसहित एक जना पक्राउ
प्रकाशित मिति: मंगलबार, फाल्गुण १९, २०८२ | १३:२२:५२
चितवन, १९ फाल्गुण। भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश बस्तीबाट हतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बलको इन्टेलिजेन्ट ब्यूरो टोलीको सूचनाका आधारमा गरिएको कारबाहीमा ती व्यक्ति नियन्त्रणमा लिइएका हुन्।
भक्तपुर जिल्ला प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगका अनुसार गोरखा पालुङटार नगरपालिका–९ स्थायी घर भएका ३१ वर्षीय आयन सेढाईलाई पक्राउ गरिएको हो। हाल उनी सूर्यविनायक–८ भुम्डोलमा बस्दै आएका थिए।
उनको साथबाट सेल्फ लोडेड राइफल (इन्सास) एक थान र त्यसमा प्रयोग हुने चार राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ। साथै छापा मार्ने क्रममा रबरको गोली एक राउन्ड, सटगनमा प्रयोग हुने एक राउन्ड गोली, एउटा खुकुरी र बञ्चरोसमेत बरामद गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति : मंगलबार, फाल्गुण १९, २०८२ |
१३:२२:५२
1167























