देश /समाज
वुहानबाट आएको जहाजका ‘क्रु मेम्बर’को क्वारेन्टाइन पूरा, रिपोर्ट नेगेटिभ, आजै घर पठाइने
काठमाडौं,१८ फागुन । कोरोना प्रभावित चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई फिर्ता ल्याएको विमानको चालक दलका १८ सदस्यहरु आजै क्वारेन्टाइनमुक्त हुने भएका छन्। ४ फागुनदेखि दुई साता नगरकोटमा क्वारेन्ट...
बैतडीमा स्कारपियो दुर्घटना ८ जना घाइते, एकको अवस्था गम्भीर
बैतडी,१८ फागुन । बैतडीमा आज बिहानै स्कार्पियो जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर रहेको छ । दार्चुलाको महाकाली नगरपालिकाका ४८ बर्षीय विष्णुदत्त भट्ट गम्भीर घाइते ...
मोरङमा हात्तीले दुईवटा घर भत्कायो
विराटनगर,१८ फागुन मोरङको उर्लाबारी नगरपालिकामा आइतबार बिहान हात्तीले दुईवटा घर भत्काएर क्षति पुर्याएको छ । जंगलबाट बिहान ४ बजे निस्किएको हात्तीले उर्लाबारी ५ का सञ्जीव सुवेदीको इँटाको गाह्रो र कर्कट...
गैंडाकोटको मोनिका सुनचाँदी पसलबाट ७० तोला सुन र ८ लाख नगद चोरी
नवलपरासी,१८ फागुन । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका– ४ कांग्रेस चोकमा रहेको एक सुनचाँदी पसलमा चोरी भएको छ । मोनिका सुनचाँदी पसलमा चोरी भएको छ। आइतबार विहान करिब २ बजेतिर उमेश गहतराजले सञ्चालन ग...
महोत्तरीमा ६१ वर्षीय यादवमाथि गोली प्रहार
काठमाडौं,१८ फागुन । महोत्तरीमा १ व्यक्तिमाथि गोली प्रहार भएको छ । जिल्लाको मनरासिसवा नगरपालिका–३, का स्थानीय सहदेवप्रसाद यादवमाथि आइतबार बिहान २ बजे गोली प्रहार भएको हो । गोली लागेर यादव घाइते भएका...
मोरङमा शनिबार बिहान दुर्घटना, तीन जनाको मृत्यु
विराटनगर,१७ फागुन । मोरङमा शनिबार बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पथरीशनिश्चरे नगरपालिका–२ जय चौकस्थित पूर्व–पश्चिम राजमार्गमा रोकेर राखेको गोरु लोड गरिएको ट्रकमा अर्को ट्रक पछाडिबाट ...
पुरानो बसपार्क नजिकै कामदार बस्ने छाप्रोमा आगलागी
काठमाडौं,१६ फागुन । काठमाडौंको पुरानो बसपार्क क्षेत्रमा बन्दै गरेको टावर नजिक कामदार बस्ने छाप्रोमा आगलागी भएको छ। आगलागी भएको केही छिनमै दमकल पुगेपछि आगो नियन्त्रणमा आएको छ। महानगरीय प्रहरी कार्य...
बच्चा बोकेकी महिलालाई लाठी हान्ने प्रहरीमाथि छानबिन हुने (भिडियो सहित)
काठमाडौ,१६ फागुन। ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घर घेर्न पुगेका मध्ये बच्चा बोकेकी एक महिलामाथि प्रहरीले लाठी प्रहार गरेको छ । खत्रीसँग आफ्नो पुरानो सम्बन्ध रहेको तर...
आज अपराह्नपछि वर्षाको सम्भावना
काठमाडौं , १६ फागुन मौसम पूर्वानुमान महाशाखाले आज देशका कुनै पनि मौसमी प्रणाली नभएको जानकारी दिएको छ । शुक्रबार महाशाखाले पूर्वानुमान जारी गर्दै आजको मौसमको जानकारी दिएको छ । महाशाखाका अनुसार हाल ...
हेटौँडाकी कंशकारमाथि तेजाब प्रहार गर्ने केशरीलाई ८वर्ष कैद,१ लाख जरिवाना
हेटौँडा,१६ फागुन । जिल्ला अदालत मकवानपुरले हेटौँडाकी बिन्दवासिनी कंशकारमाथि तेजाब प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई आठ वर्ष कैद र एक लाख जरिवाना गर्ने फैसला गरेको छ । साथै पीडित कंशाकारको...








