टिकौली जंगलमा दुईवटा बस र एउटा ट्रक ठक्कर खायो ,३३ जना घाइते
  प्रकाशित मिति:  शुक्रबार, कार्तिक १४, २०८२ |  ४:५८:१३                                                                
                              
चितवन , १४ कार्तिक । चितवनमा तिनवटा सवारीसाधन दुर्घटना भएको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर ९ स्थित टिकौली जंगलमा गएराती करिव १ बजे एउटा ट्रक र दुईवटा बस दुर्घटना भएको हो । ट्रकको पछाडी यात्रुबाहक बस ठक्कर खाएको र सो बसको पछाडी अर्को बस आएर ठक्कर खाएको प्रहरीले जनाएको छ ।
ना६ख ८१३ नम्बरको ट्रकको पछाडी रौतहटबाट काठमाण्डौ तर्फ आई रहेको प्रदेश ३-०३-००१ख ०१२३ नम्बरको यात्रुबाहक बस र सोही बसको पछाडी जनकपुरबाट काठमाण्डौ तर्फ आई रहेको बा.प्र.०३-००१ख ३९०२ बस ठक्कर खाएको हो । दुर्घटनामा ३३ जना घाइते भएको र उनीहरुको भरतपुरको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना पश्चात् करिव डेढ घण्टा सडक अवरुद्ध भएको थियोे । 
  
		 		  प्रकाशित मिति :    शुक्रबार, कार्तिक १४, २०८२ |   
			 ४:५८:१३                                
                                 727                                
                                
                                 
                                
       
						  
					
    














