एक जनाको जिपको ठक्करबाट मृत्यु
प्रकाशित मिति: सोमबार, कार्तिक १०, २०८२ | ११:०८:२९
चितवन, १० कार्तिक । दार्चुलामा जिपले ठक्कर दिँदा एक व्यक्ति मृत्यु भएका छन्। आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४, बांगाबगरमा ७० वर्षीय मिलन लुहार सोही ठाउँमा भएको दुर्घटनामा घाइते भएका थिए।
ब्यास गाउँपालिका–३ का ३८ वर्षीय कल्याण सिंह धामीले चलाएको सुदूरपश्चिम प्रदेश ०४–०१ ज ००१७ नम्बरको बोलेरो जिप ब्याक गर्दा लुहारलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। घाइते लुहारलाई धनगढीको माया मेट्रो अस्पतालमा उपचारका लागि लैजाने क्रममा गोकुलेश्वर पुगेपछि उनको मृत्यु भएको हो।
प्रकाशित मिति : सोमबार, कार्तिक १०, २०८२ |
११:०८:२९
3257






















