एनपीएलमा आज काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स आमनेसामने
चितवन, ०३ मंसिर । जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच रोमाञ्चक भिडन्त हुँदैछ।
उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेको काठमाडौँ दोस्रो जितको खोजीमा छ भने सुदूरपश्चिम टुर्नामेन्टमा सुखद् सुरुआत गर्न उत्साहित छ।
काठमाडौँको नेतृत्व करण केसीले गरिरहेका छन्।
उनको टोलीमा भीम सार्की, मोहम्मद आदिल आलम, शाहब आलम, बेन चाल्र्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम थापा मगर (विकेटकिपर), सन्नी पटेल, जोन सिम्पसन (विकेटकिपर), प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुलबहादुर थापा, रिकार्डो भास्कोनसेलोस (विकेटकिपर), सन्तोष यादव र सोनु देवकोटा रहेका छन्।
सुदूरपश्चिम रोयल्सको कप्तानी नेपाली राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन्। उनको टोलीमा विनोद भण्डारी (विकेटकिपर), अविनाश बोहरा, दीपक बोहरा (विकेटकिपर), मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, इशान पाण्डे, टेक रावत (विकेटकिपर), नरेन साउद, हर्मित सिंह, आरिफ शेख, दीपेन्द्र थापा (विकेटकिपर) र हिम्मत महरा छन्।
काठमाडौँको प्रशिक्षकमा पूर्वराष्ट्रिय प्रशिक्षक मोन्टी देशाइ र सुदूरपश्चिमको प्रशिक्षकमा जगत टमाटा कार्यरत छन्।
नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा मंसिर १ गतेदेखि जारी प्रतियोगितामा आठ टोली प्रतिस्पर्धामा छन्।






















