विश्वकप लिग–२: यूएईविरुद्ध नेपाल टस जितेर पहिला ब्याटिङमा
प्रकाशित मिति: बिहिबार, कार्तिक १३, २०८२ | १२:२०:१२
चितवन ,१३ कार्तिक । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ।
दुबईस्थित आईसीसी एकेडेमीमा भएको खेलमा कप्तान रोहित पौडेलले टस जित्दै ब्याटिङ रोजेका हुन्।
सिरिजअन्तर्गत नेपाल र यूएई दुवैले आज आफ्नो दोस्रो खेल खेल्दैछन्। पहिलो खेलमा दुवै टोली अमेरिकासँग पराजित भएका थिए — नेपाल १०६ रनले र यूएई ४ विकेटले।
नेपाल आजको खेलमा जित निकाल्दै लिगमा पुनरागमन गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ।
प्रकाशित मिति : बिहिबार, कार्तिक १३, २०८२ |
१२:२०:१२
1101



















