कांग्रेसको आधिकारिकता दाबी गर्न सभापति गगन थापासहितको टोली निर्वाचन आयोगमा
प्रकाशित मिति: बिहिबार, माघ ०१, २०८२ | १६:१०:४७
चितवन, ०१ माघ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासहित पार्टीका पदाधिकारीहरू निर्वाचन आयोग पुगेका छन् ।
पार्टीको आधिकारिकता दाबी गर्न सभापति थापाको नेतृत्वमा आवश्यक कागजातसहितको टोली बिहीबार निर्वाचन आयोगमा उपस्थित भएको हो ।
यसअघि आजै सभापति थापाको नेतृत्वमा नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक बसेको थियो । उक्त बैठकले महाधिवेशनका निर्णयहरू कार्यान्वयन गर्ने विषयमा छलफल गरेको बताइएको छ ।
प्रकाशित मिति : बिहिबार, माघ ०१, २०८२ |
१६:१०:४७
727






















