स्थानीय बजारमा सुनचाँदीको मूल्य फेरि उकालो
प्रकाशित मिति: आइतबार, माघ २५, २०८२ | १५:१९:५९
चितवन, २५ माघ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। शुक्रबारको तुलनामा दुवै धातुको मूल्यमा वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ५०० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९१ हजार रुपैयाँ र चाँदी चार हजार ७१० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै बिहीबार सुन दुई लाख ९५ हजार २०० र चाँदी चार हजार ९८० रुपैयाँमा किनबेच भएको थियो।
प्रकाशित मिति : आइतबार, माघ २५, २०८२ |
१५:१९:५९
485










