नेप्से दोहोरो अङ्कले घट्यो, परिसूचक २६८३ बिन्दुमा सीमित
प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२ | १७:४५:३१
चितवन, २० माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट आएको छ।
नेप्से परिसूचक १२ दशमलव ५८ अङ्कले घटेर दुई हजार ६८३ दशमलव १५ बिन्दुमा कायम भएको छ।
आज ३२२ कम्पनीको एक करोड ८७ लाख तीन हजार १८३ कित्ता शेयर ९२ हजार ३३८ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम आठ अर्ब ६३ करोड १५ लाख १२ हजार ५४२ रुपैयाँ पुगेको छ।
कारोबारमा होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड समूह बढेका छन् भने बाँकी सबै समूहका उपसूचक घटेका छन्। कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सान्भी इनर्जी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ।
प्रकाशित मिति : मंगलबार, माघ २०, २०८२ |
१७:४५:३१
1255










