नेप्सेमा झिनो गिरावट, परिसूचक २६६२.०९ बिन्दुमा कायम
प्रकाशित मिति: बुधबार, माघ २८, २०८२ | १७:२६:२२
चितवन, २८ माघ । नेप्से परिसूचकमा सामान्य गिरावट आए पनि बजारमा उल्लेखनीय कारोबार भएको छ। आठ अर्ब ६९ करोडभन्दा बढीको शेयर किनबेच हुनु बजारमा लगानीकर्ताको सक्रियता कायम रहेको संकेत हो।
सूचक घट्दा पनि केही क्षेत्रगत उपसूचकमा वृद्धि देखिएको छ, जसले बजार मिश्रित प्रवृत्तिमा रहेको देखाउँछ। रिदी पावर सर्वाधिक कारोबारमा रहँदा सुपर माई हाइड्रोपावर सबैभन्दा धेरै घट्ने कम्पनी बनेको छ।
प्रकाशित मिति : बुधबार, माघ २८, २०८२ |
१७:२६:२२
727










