ज्येष्ठ सदस्य केसीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
प्रकाशित मिति: बुधबार, चैत्र ११, २०८२ | १३:३९:१९
चितवन, ११ चैत्र । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ बाट निर्वाचित सबैभन्दा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ गराउनुभएको हो।
नेपाली कांग्रेसबाट समानुपातिकतर्फ निर्वाचित केसीले भोलि दिउँसो २ बजे प्रतिनिधिसभामा निर्वाचित २७४ सांसदलाई शपथ गराउने कार्यक्रम तय भएको छ।
प्रकाशित मिति : बुधबार, चैत्र ११, २०८२ |
१३:३९:१९
507






















