ओली पक्राउपछि एमाले सचिवालयको आकस्मिक बैठक सुरु
प्रकाशित मिति: शनिबार, चैत्र १४, २०८२ | ९:०९:२५
चितवन, १४ चैत्र । केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ।
पार्टी मुख्यालय च्यासलमा सुरु भएको बैठकले ओली पक्राउको विरोधमा आन्दोलनका कार्यक्रम तय गर्ने तयारी गरेको छ।
एमाले महासचिव पोखरेलले ओली पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै यसको परिणाम गम्भीर हुने चेतावनी दिनुभएको छ।
प्रकाशित मिति : शनिबार, चैत्र १४, २०८२ |
९:०९:२५
3037



















