कोरोना परिक्षण नगरि भरतपुरबाट ६ जना कोरोना संक्रमित डिस्चार्ज
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७ | २२:५८:२२
चितवन,३० जेठ।
चितवनको भरतपुर अस्पतालमा उपचारत ६ जना कोरोना संक्रमतिलाई डिस्चार्ज गरिएको छ । भरतपुर अस्पतालमा उपचारत भरतपुरका ३ जना , नवलपुरका २ जना र नवलपरासी सुस्ता पुर्वका एकजना संक्रमितलाई डिस्चार्ज गरिएको हो ।
भरतपुर महानगरापलिका वडा नम्बर ६ का तिनजना, नवलपुर देवचुली १४ को एकजना , देवचुली १ को एकजना र सुस्तापुर्व त्रिवेणी ६ का एकजना रहेका छन् । सरकारले गत जेठ २० गते जारी गरेको राष्ट्रिय जाँच परीक्षण निर्देशिका अनुसार कोरोना संक्रमित व्यक्तिहरुमा संक्रमण लक्षणमुक्त भएको तीन दिन र जम्मा भर्ना भएको १४ दिन पछि परीक्षण नगरी डिस्चार्ज गर्न निर्देशन दिएको थियो । सोहि अनुसार आज ६ जनालाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । डिस्चार्ज भएकाहरुलाई १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्नेछ ।
प्रकाशित मिति : शुक्रबार, जेठ ३०, २०७७ |
२२:५८:२२
5567


















