उचित मूल्यको माग गर्दै किसानले माइतीघरमा गोलभेँडा फाले
प्रकाशित मिति: बुधबार, आषाढ ३१, २०८३ | १३:५१:२६
चितवन, ३१ आषाढ । उत्पादित गोलभेँडाले उचित मूल्य नपाएको भन्दै किसानहरूले काठमाडौंको माइतीघर मण्डलामा सडकमा गोलभेँडा फालेर विरोध प्रदर्शन गरेका छन्।
उनीहरूले उत्पादन बिक्री हुन नसकेको, लागतसमेत उठाउन कठिन भएको र सरकारले किसानका समस्या समाधानमा बेवास्ता गरेको आरोप लगाएका छन्।
साथै कृषि बिमा लागू गर्न, तरकारीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न र प्रभावकारी बजार व्यवस्थापनको माग गरेका छन्।
प्रकाशित मिति : बुधबार, आषाढ ३१, २०८३ |
१३:५१:२६
199



















