आजको राशिफल
काठमाडौँ, ६ मंसिर । आज २०८० साल मंसिर ६ गते बुधबारको राशिफल ।
मेष : दाम्पत्य जीवन सन्तोषजनक रहनेछ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । आयआर्जन राम्रो छ। पुरानो मित्रबाट सहयोग प्राप्त हुनेछ। मन प्रसन्न हुनेछ ।
वृष : अचल सम्पत्ति पनि हात पर्ला । बोल्दा ख्याल गर्नुहोला । वैदेशिक रोजगारको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ ।
मिथुन : कुनै पनि काम गर्दा सावधानी अपनाउनु होला । मन खिन्न हुनेछ । भविष्यका लागि सोचिने कामबाट भने फाइदा लिन सकिनेछ ।
कर्कट : दिन सामान्य राम्रो छ । बोलीको प्रभाव पनि बढ्नेछ । प्रेममा सफलता मिल्नेछ ।
सिंह : दिन राम्रो छ । पुराना रोगबाट छुटकारा मिल्नेछ । अधुरो काम पूरा हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । प्रसन्नता बढ्नेछ ।
कन्या : दिन सन्तोषजनक रहेको छ । ज्ञानको उदय हुनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । व्यावसायिक जीवनमा सुधार आउनेछ । अचानक लाभ हुनेछ ।
तुला : शिक्षामा गरेको श्रम लगानीबाट फाइदा हुनेछ । खर्च बढ्नेछ । स्वास्थ्यमा समस्या देखिनेछ । तर, शत्रु निस्तेज हुनेछन ।
वृश्चिक : पुराना घाउ बल्झने सम्भावना छ । धार्मिक क्षेत्रमा मन जानेछ । बोल्दा ख्याल गर्नुहोला ।
धनु : सचेत भएर मात्र काम गर्नु उपयुक्त हुन्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । झुठा आरोप लाग्नेछ ।
मकर : मानसिक विचलन हुने देखिन्छ । शनिबार वरपिपलमा जल चढाउनुहोला ।
कुम्भ : आफन्तबाटै आरोप खेप्नुपर्नेछ । सम्पत्ति आर्जन हुनेछ। स्वास्थ्यको विशेष ख्याल गर्नुहोला ।
मीन : आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । भगवान शिवजीको स्मरण गरेर थालेको काममा सफलता मिल्नेछ ।








