आमाको मुख हेर्ने दिन, आमाप्रति श्रद्धाभाव गरेर मनाइँदै
प्रकाशित मिति: बिहिबार, बैशाख ११, २०७७ | १०:११:२१
काठमाडौँ, ११ वैशाख ।
आज जन्मदिने आमाको मुख हेर्ने दिन । आमालाई मिठामीठा परिवकार खुवाएर यो पर्व मनाइने गरिन्छ ।वैशाख कृष्णपक्ष औसीको दिन नेपालीले यो पर्व मनाउने चलन छ । बिहानै उठी नुहाईधुवाई गरी आफ्नी आमालाई उपहार दिई तथा मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद थाप्ने चलन छ ।
आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन् । दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्छन् ।
बिहान सबेरैदेखि मातातिर्थ कुण्डमा स्नान गर्नेहरुको भीड लाग्ने गथ्र्यो । तर, कोरोना भाइरसका कारण यसपटक भने मेला तथा भेटघाटमा रोक लगाइएको छ ।
घरबाट टाढा रहेकाहरु आमाको मुख हेर्न यस पटक नपाउने भएका छन् । विश्वभर लकडाउनको अवस्था रहेको छ । यसपटक घर जान नपाउनेहरु फोन गरेर वा भिडियो कल गरेर आमालाई सम्झने छन् ।
प्रकाशित मिति : बिहिबार, बैशाख ११, २०७७ |
१०:११:२१
7789
























