चितवनमा दुईवटा सवारी दुर्घटना , दुईजनाको मृत्यु

चितवनमा दुईवटा सवारी दुर्घटना , दुईजनाको मृत्यु

चितवन , १९ माघ
चितवनमा गएराति भएको दुईवटा छुट्टा छुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । पूर्वीचितवनको रत्ननगर ३ तरकारी चोक नजिक बा ४ ख ९५०९ नम्बरको बसले ना ३९ प १९२४ नम्बरको मोटरसाइकलाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पुर्वबाट पश्चिमतर्फ आउदै गरेको बसले विपरितदिशाबाट जादै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो । मृतकको सनाखत हुन सकेको छैन । बस र चालक प्रहरी नियन्त्रणमा रहेको छ  । सोहि दुर्घटनाले सवारीजाम भएको बेला खैरहनी १ तरकारी चोक नजिकै ट्रकको पछाडी बस ठक्कर खादा एकजनाको मृत्यु भएको छ ।

पुर्वबाट पश्चिमतर्फ आउदै गरेको ना ७ ख ३२४८ नम्बरको बसले सोहिदिशाबाट आउदै गरेको ना ६ ख १५०६ नम्बरको ट्रकको पछाडी ठक्कर खाएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि महोत्तरी जिल्ला मनोरसा ६ बस्ने गुल्दो मण्डलको ८ महिनाको छोरा सत्यम मण्डलको मृत्यु इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक ऋषिराम घर्ति मगरले जानकारी दिए । बसमा सवार अन्य ९ जना घाइते भएको र उनीहरुको भरतपुर स्थित चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुमध्य ३ जनाको अवस्था गम्भिर रहेको छ ।बस , ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको छ भने बस चालक फरार रहेका छन् ।