चितवनको गौतम बुद्ध रंगशालामा महायज्ञ सुरु, महजोडी र खेलाडीहरुले एकैसाथ गरे उदघाटन

चितवनको गौतम बुद्ध रंगशालामा महायज्ञ सुरु, महजोडी र खेलाडीहरुले एकैसाथ गरे उदघाटन

चितवन,१९ माघ

 चितवनको रामपुरमा रहेको निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज (आइतबार) देखी धनधान्याचल  महायज्ञ सुरु भएको छ । निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग जुटाउनका लागि  धनधान्याचल महायज्ञ गरिएको हो ।  २६ गतेसम्म चल्ने धनधान्याचल महायज्ञको मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यसहित २२ बिधाका २२ जनाख्याती प्राप्त खेलाडीहरुले एक साथ उद्घाटन गरे ।

उद्घाटनसत्र अघि झाँकीसहितको वृहत शोभायात्रा निकालिएको मुलआयोजक समिति संयोजक सांसद बिजय सुबेदीले जानकारी दिए । । बिहान १२ बजे मंगलपुर बजारबाट शुरु भएको शोभायात्रा गाबिसचोक हुँदै रंगशाला स्थित धनधान्याचलमहायज्ञ परिसरमा पुगेको थियो । आफ्नो संघ संस्थाको ब्यानरसहित शोभायात्रामा हजारौं नागरिक उपस्थित भएका थिए ।

जनस्तरको सहयोगबाट निर्माण गर्न लागिएको रंगशालालाई थपआर्थिक सहयोग जुटाउन र क्रिकेट रंगशाला निर्माणमा सबैलाई अपनत्व हुने गरी माहोल बनाउन महोत्सव आयोजना गरिएको हो । पण्डित दीनबन्धु पोखरेलबाट वाचनहुने श्रीमद्भागवत माहापुराणमा भजन किर्तनका साथमा विविध धर्मका आध्यामिक प्रवचन, सामाजिक, सांस्कृतिक मनोरञ्जानात्मक कार्यक्रम समेत हुनेछ ।

महायज्ञलाई सफल पार्न १ हजार १ सय ११ सदस्यीय मुल समारोह समिति, सो समिति मातहत ५९ वटा विभिन्न उपसिमित र २ सय ८३ सदस्यीय सचिवालय गठन गरिएको छ ।