खैरहनीबाट २७ थान सालको चिरान काठ बरामद
प्रकाशित मिति: शनिबार, फाल्गुण २४, २०७६ | ८:३७:२१
चितवन , २४ फागुन ।
चितवनको खैरहनीबाट प्रहरीले सालको काठको टिम्मा बरामद गरेको छ । खैरहनी नगरपालिका वडा नम्बर ३ लदरीबाट प्रहरी गएराति २७ थान सालको चिरान काठ फेला पारेको हो ।
सालको काठ तस्करी हुखै गरेको बिशेष सुराकीको आधारमा खटिएको इलाका प्रहरी कार्यालय खैरहनीको टोलीले २२ क्युफिट काठ बरामद गरेको हो । भरियाहरुको सहायतामा काठ बोकेरे नै तस्करी भइरहेको स्थानमा प्रहरी पुग्नै लाग्द तस्करहरु भागेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरिक्षक ऋषिराम घर्ति मगरले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, फाल्गुण २४, २०७६ |
८:३७:२१
7657



















