चैत २२ गतेसम्मका लागि देशभरका अदालत बन्द
प्रकाशित मिति: शुक्रबार, चैत्र ०७, २०७६ | १३:१९:१२
काठमाडौं,७ चैत्र ।
देशभरका अदालत दुई साता बन्द हुने भएका छन् । आज सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालत दुई साता बन्द गर्ने निर्णय गरेका हो ।
कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसियसनले कोरोनाबाट जोगिन अदालत बन्द गर्न आग्ह गरेपछि आज पूर्ण इजलाशको बैठक बसेको थियो । बेठकले चैत २१ गतेसम्म देशभरका सबै अदालत बन्द गर्ने निर्णय गरेको हो । शुक्रबार पुर्ण इजलाशको बैठक बस्ने भन्दै पेशी स्थगीत गरिएका थियो ।
बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने अदालती कारवाही रोकिने छैन ।
यसअघि राष्ट्रियसभा पनि अनिश्चितकालमा स्थगन गरिसकिएको छ । सरकारले कोरोनाको त्रास बढेपछि २५ जनाभन्दा बढी भेला नहुन आग्ह गरिसकेको छ । विश्वविद्यालय र लोकसेवा आयोगले समेत सम्पुर्ण परिक्षा स्थगित गरिसकेका छन् ।
प्रकाशित मिति : शुक्रबार, चैत्र ०७, २०७६ |
१३:१९:१२
4049


















