चीनबाट मेडिकल सामग्री काठमाडौं आइपुग्यो,के के छन् ?
प्रकाशित मिति: आइतबार, चैत्र १६, २०७६ | १०:४७:२१
काठमाडौं,१६ चैत्र ।
कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा उपचारमा अत्यावश्यक स्वास्थ्य उपकरण र औषधि लिन शनिबार चीन गएको नेपाल एयरलाएन्सको जहाज काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी विमानले चीनको ग्वाङजाउबाट कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री ल्याएको हो । जहाज आइतबार बिहान ५।३० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
कोरोना परीक्षण किट, स्वास्थ्यकर्मीहरुले सुरक्षाका लागि लगाउने विशेष प्रकारको पोशाक पीपीई लगायतका सामग्री लिएर वाइडबडी जहाज काठमाडौं आएको एयरलाइन्सले जनाएको छ । जहाजमा कोरोना संक्रमण फैलन नदिने औषधि, एन–९५ मास्क, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), प्रयोगशालामा सामग्री, थर्मल गन, आईसीयु शैया, संक्रमण टेस्ट गर्ने किट लगायत छन् ।
प्रकाशित मिति : आइतबार, चैत्र १६, २०७६ |
१०:४७:२१
4071


















