जेठ ५ सम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय
प्रकाशित मिति: बुधबार, बैशाख २४, २०७७ | १४:२३:१३
काठमाडौं,२४ वैशाख ।
नेपाल सरकरले जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । बुधबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले जेठ ५ गतेसम्म सम्पूर्ण लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यस अघि सरकारले घोषणा गरेको लकडाउनको म्याद भोलि अर्थात बैशाख २५ गते सकिदैं छ ।
कोरोना भाइरसको जोखिम अझै कायम भएपछि सरकारले लकडाउन बढाउने निर्णय गरेको हो । सरकारले कोरोना भाइरस नियन्त्रण गर्न गत चैत ११ गतेदखि लकडाउन लगाएको छ ।
लकडाउनले अर्थतन्त्रमा पारेको असरलाई दृष्टिगत गर्दै यसलाई खुकुलो बनाउन दवाव दिएपनि अन्तत सरकारले यस्तो निर्णय गरेको हो ।
प्रकाशित मिति : बुधबार, बैशाख २४, २०७७ |
१४:२३:१३
4445


















