भोलि साँझ घरघरमा दीप प्रज्वलन गरौँ : सरकार
प्रकाशित मिति: बुधबार, बैशाख २४, २०७७ | १४:५३:३७
काठमाडौं,२४ वैशाख
सरकारले भोलि बिहीबार बेलुका घरघरमा दीप प्रज्वलन गर्न आग्रह गरेको छ ।
बुधबार दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बुद्ध जयन्तिको अवसर र कोरोनाभाइरसविरूद्ध लडिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
‘२५ गते बुद्ध जयन्ती पनि परेको र बुद्ध नेपालमै जन्मिएका हुन् भन्ने सन्देश दिन दीप प्रज्वलन गर्न लागिएको होु ती मन्त्रीले भने ुकोरोनाविरुद्ध अग्रपंक्तिमा रहने सुरक्षााकर्मी र स्वास्थ्यकर्मीको मनोवल बढाउन तथा सबैमा एकताको सन्देश दिन दीप प्रज्वलनका लागि आव्हान गरिएको हो।’
प्रकाशित मिति : बुधबार, बैशाख २४, २०७७ |
१४:५३:३७
7701


















