नेपालमा कोरोना संक्रमित बढ्दै , आजमात्रै ९० जना थपिए
प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७ | १६:५२:१०
काठमाडौ , १३ जेठ।
नेपालमा थप ९० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । नयाँ संक्रमित थप भएपछि नेपालमा कोरोना संक्रमण भएकाको संख्या ७७२ पुगेको छ ।
देशका विभिन्न स्थानमा भएको परिक्षणमा आज ९० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै हालसम्म १ सय ५५ जना निको भएर घर फर्किएका छन् ।
प्रकाशित मिति : मंगलबार, जेठ १३, २०७७ |
१६:५२:१०
4181


















