यस्तो छ आज तपाईंको राशिफल
आज २०८० साल कात्तिक २ गते बिहीबार । आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गर्ने दिन । नेपाल संवत् ११४३, अक्टोबर १९ तारिख, २०२३ । तपाईंको आजको राशिफल यस्तो छ-
मेष : सवारी सधान चलाउँदा सावधानी अपनाउनु राम्रो हुन्छ । नातागोतासँग मनमुटाव पर्न सक्छ । सहज रुपले लिएका सबै कुरा सरल लाग्नेछन् । सकारात्मक सोचले गरेका काम सन्तोषजनकरुपमा पूरा हुनेछन् ।
वृष : आध्यात्मिक यात्रा हुने योग छ । सवारी सावधानी अपनाउनु राम्रो हुन्छ । हत्तारिएर काम गर्दा झनै ढिलो हुनसक्छ । सकेसम्म शान्त रहँदै मनलाई एकाग्र बनाउने प्रयास गर्नुपर्छ ।
मिथुन : धर्मकर्ममा रुची बढ्नेछ । सोचे अनुरुपका सबै कुरा मिल्दै जानेछन् । परिवार तथा नातागोतासँग भेटघाट र रमाइलोमा समय वित्नेछ । केही समय कामबाट फूर्सद मिल्नेछ ।
कर्कट : नयाँ साथीहरुसँग संगत बढ्नेछ । पराक्रममा बृद्दिको योग छ । मनमा भएको तनाव हट्दै जानेछ । काम गर्ने उत्साह र जाँगर बढ्नेछ । सोचे अनुरुपका काम कुरामा समय दिन पाइनेछ ।
सिंह : विरोधीहरु सक्रिय हुनसक्छन् । दैनिक आम्दानी वृद्दि हुनेछ । कामविशेषले कतै निस्कनुपर्ने हुनसक्छ । बेला मौका बुझि आफुलाई सक्रिय बनाउनुपर्छ । कतै जानु अगाडी आफनो कामका बारेमा हेक्का राख्नु राम्रो हुने देखिन्छ ।
कन्या : मनोबल उच्च देखिन्छ । विद्यार्थीहरुका लागि शुभ दिन छ । पारिवारिक वातावरण सुखमय हुनेछ । कुनै कुरामा अपेक्षित लाभ मिल्ने देखिन्छ ।
तुला : पारिवारिक खुशीका लागि समय छुटटाइनेछ । अनावश्यक जिम्मेवारी लिनु हुादैन । धैर्य र संयम भई काम गर्दा राम्रो हुन्छ । आथिर्क क्षेत्रमा लगानी गर्दा सोचविचार गर्नु राम्रो हुन्छ ।
वृश्चिक : पैतृक सम्पक्ति मिल्ने योग छ । पारिवारिक जीवन सुखी रहनेछ । योजना अनुसारका सबै कुरा मिल्दै जानेछ । कतैबाट कुनै कामका लागि निमन्त्रणा मिल्नसक्छ ।
धनु : शान्ति र शुखी भइनेछ । अनावश्यक जिम्मेवारी नलिनु राम्रो हुन्छ । सकारात्मक भावले काम गर्दा काममा सहजता आउनेछ । इच्छा भोजनको योग छ ।
मकर : आध्यात्मिक यात्रा हुने योग छ । नकारात्मक कुराले अशान्ति पैदा गराउन सक्छ । कुनै कुरामा अनपेक्षित खर्च हुने देखिन्छ । तर कुनै कुराले भने मनमा शान्ति पैदा गरिराख्नेछ ।
कुम्भ : बहुप्रतिक्षित कुनै कार्यमा सफलता मिल्नेछ । विदेश यात्राको योग छ । खानामा ध्यान दिनु राम्रो हुनेछ । पारिवारिक वातावरण रमाइलो हुनेछ ।
मीन : हतारमा कुनै पनि निर्णय नगर्नु नै राम्रो हुनेछ । तपाईको विचारको कदर हुनेछ । कुनै पनि कुरामा तपाईकै सुझाव मानिनेछ । तपाईको कार्य कुशलता देखि सबै मोहित हुनसक्छन् ।