पेट्रोलियम पदार्थको मूल्य घट्यो
प्रकाशित मिति: शुक्रबार, माघ ०२, २०८२ | ८:४८:१०
चितवन, ०२ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको छ ।
निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर १ रुपैयाँले घटाइएको छ । नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ कायम गरिएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट माघ १ गते प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यका आधारमा निगम सञ्चालक समितिले बिहीबार राति नयाँ मूल्यसूची निर्धारण गरेको जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, माघ ०२, २०८२ |
८:४८:१०
331























