नेप्से परिसूचक ४.९० अंकले बढ्यो, कारोबार करिब ७ अर्ब
चितवन, २९ पुष । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ४ दशमलव ९० अंकले बढ्दै २ हजार ६३९ दशमलव ९१ बिन्दुमा पुगेर बन्द भएको हो।
नेप्सेका अनुसार आज ३४९ कम्पनीको एक करोड ३६ लाख २४ हजार ८२४ कित्ता सेयर ७७ हजार १७ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम रु ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार ३९ बराबर पुगेको छ।
आजको कारोबारमा बैंकिङ, वित्त, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहका उपसूचक घटेका छन्। बैंकिङ समूह शून्य दशमलव १४ प्रतिशत, वित्त शून्य दशमलव २९ प्रतिशत, होटल तथा पर्यटन शून्य दशमलव ४८ प्रतिशत, जीवन बीमा शून्य दशमलव १७ प्रतिशत, उत्पादन तथा प्रशोधन शून्य दशमलव २३ प्रतिशत र लघुवित्त समूह शून्य दशमलव २० प्रतिशतले घटेको छ।
यसैगरी जलविद्युत, लगानी, म्युचुअल फण्ड, निर्जीवन बीमा, व्यापार र अन्य समूहका उपसूचक बढेका छन्। जलविद्युत समूह एक दशमलव ०२ प्रतिशत, लगानी शून्य दशमलव ०४ प्रतिशत, म्युचुअल फण्ड शून्य दशमलव ४२ प्रतिशत, निर्जीवन बीमा शून्य दशमलव ०७ प्रतिशत, व्यापार शून्य दशमलव ९८ प्रतिशत र अन्य समूह शून्य दशमलव ७८ प्रतिशतले उकालो लागेका छन्।
आजको कारोबारमा थ्रीस्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ६ दशमलव ०९ प्रतिशतले घटेको छ।










