राष्ट्रपति रनिङ सिल्ड यसवर्ष पनि गवै माविको पोल्टामा
चितवन, १२ माघ । खैरहनी नगरपालिकामा संचालित रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधी माध्यमिक विद्यालय गवैले जितेको छ । तीन दिनसम्म चलेको सो प्रतियोगितामा १७ स्वर्ण ,९ रजत र १२ कास्य पदक जित्दै यस बर्षको उपाधी जितेको हो । गवैले यस अघि लगातार तीन पटक उपाधी जित्दै रनिङ शिल्ड आफ्नो बनाएको थियो । गवै पछिल्लो समय शैक्षिक गुणस्तर सुधारमा पनि अब्बल बनाउदै लगेको छ । दोस्रो भएको सैनिक आवासीय महाविद्यालयले १० स्वर्ण ,९ रजत र १३ कास्य पदक जितेको छ । तृतीय स्थानमा रहेको ७ स्वर्ण,७ रजत र ८ कास्य पदक जितेको शिक्षा अधिकृत सुमन सिलवालले जानकारी दिइन् । प्रतियोगितामा सामुदायिक र संस्थागत गरि २२ वटा विद्यालयको सहभागिता रहेको थियो ।
प्रतियोगितामा दिब्य ज्योति आधारभूत विद्यालय,आधारभूत विद्यालय पिद्रहनी,आधारभूत विद्यालय गोठश्वर र जनएकता आधारभूत विद्यालय पदक बिहिन रहे । प्रतियोगितामा चौथो स्थानमा रहेको ग्लोसाइन इङलिस सेकेन्डरी स्कुलले ६ स्वर्ण,६ रजत र ६ कास्य पदक,पांचौं स्थानमा रहेको कठार माबिले ५ स्वर्ण ,४ रजत र ३ कास्य पदक जितेको छ । छैटौं स्थानमा रहेको मोर्डन इङलिस सेकेन्डरी स्कुलले ३ स्वर्ण ,२ रजत र १ कास्य पदक जितेको छ । सातौं स्थानमा रहेको नेपाल आदर्श शिक्षा सदनको ३ स्वर्ण ,१ रजत र १ कास्य पदक ,आठौ स्थानको डेजि इङलिस बोडिङ सेकेन्डरी स्कुलले २ स्वर्ण २ रजत र २ कास्य पदक जितेको छ । १ स्वर्ण पदक प्राप्त गरेको कपिया माबिको २ रजत र ३ कास्य पदक छ ।
प्रतियोगितामा कुल ५४ स्वर्ण ,५२ रजत र ६६ कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताका बिजय विद्यालय र विद्यार्थीलाई नगर प्रमुख शशी कुमार खनिया,उपप्रमुख कविता उप्रेती ,प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेल ,शिक्षा निर्देशक राजु बानियाँ,खैरहनी १३ का वडा अध्यक्ष कुलप्रसाद भुसाल,खैरहनी १० का वडा अध्यक्ष चन्द्रबिक्रम चौधरीले पुरस्कार प्रदान गरे । प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय भएका विद्यार्थी तथा विद्यालयले जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाउने शिक्षा शाखाका प्राबिधिक सहायक पुस्पराज दुवाडिले जानकारी दिए ।




















