११ओैं खिचरा महोत्सव सुरु
चितवन, २९ पुस । चितवनको खैरहनीमा ११ओैं खिचरा महोत्सव शुरू भएको छ । महोत्सवको आज वागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसुदन पौडेलले उदघाटन गरेका छन् । थारु कल्याणकारीणि सभा क्षेत्र नम्बर ७ को आयोजनामा सुरु भएको महोत्सव माघ १० गतेसम्म संचालन हुनेछ। महोत्सव उद्घाटन पुर्व खैरहनीको मगनी चोकदेखि महोत्सव स्थलसम्म शोभा र्याली निकालिएको थियोे ।
महोत्सव उद्घाटन समारोहमा वागमती प्रदेश सभा सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण प्रसाद खनाल, महोत्सवको संरक्षक खैरहनी नगरपालिकाका नगरप्रमुख शशी कुमार खनिया, खैरहनी नगरपालिकाका नगरउपप्रमुख कविता उप्रेती, थारू कल्याणकारिणी सभाका केन्द्रीय पार्सद चन्द्र कुमारी चौधरी, जिल्ला कोषाध्यक्ष सविता चौधरी, नेपाली काँग्रेसका नगर सभापति गुणराज श्रेष्ठ, नेकपा एमाले खैरहनीका नगर अध्यक्ष पूर्णबहादुर डल्लाकोटी, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट जगदिशचन्द्र शर्मा, खैरहनी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष छत्रनाथ सुवेदीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । खैरहनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष तथा महोत्सवका सहसंयोजक मनेजर महतोले स्वागत मन्तव्य व्यक्त गरे ।
उदघाटन समारोह ११ओैं खिचरा महोत्सव मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको हो ।


























