खैरहनीबाट डेढ लाख भन्दा बढी मूल्यको कपडा बरामद
प्रकाशित मिति: बुधबार, पौष २३, २०७६ | ७:२९:३७
चितवन , २३ पुस।
पूर्वी चितवनको खैरहनीबाट डेढ लाख मूल्यभन्दा बढीको कपडा बरामद भएको छ । खैरहनी नगरपालिका वडा नम्बर २ चैनपुर चोकमा वेवारिसे अवस्थामा रेहेको पोकाहरु चेकजाँच गर्ने क्रममा प्रहरीले करिब १ लाख ६५ हजार बजार मूल्यको कपडा फेला पारेको हो ।
अवैध रुपमा भन्सारछली गरेर ल्याएको कपडा भएकाले प्रहरीलाई देखेर भागेको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले ५२० मिटर कपडा , १५ पिस कटन सुट , १८ पिस जयपुरी सुट र १०८ पिस पछ्यौरा बरामद गरेको छ । थप अनुसन्धानको लागि भन्सार कार्यालय बिरगंज पठाइने इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, पौष २३, २०७६ |
७:२९:३७
6491



















