धादिङमा गुडिरहेको बसमा आगाे लाग्याे
प्रकाशित मिति: शनिबार, बैशाख ३०, २०८० | १३:२४:००
धादिङ । धादिङमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । धुनिबेशी नगरपालिका-९ मा शनिबार बिहान साढे ११ बजेतिर धादिङबाट काठमाडौं जाँदै गरेको ग १ ख ४८४६ नम्बरको बसमा आगोलागि भएको प्रहरीले जनाएको हो। बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ । राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका छन्। प्रहरीका अनुसार ३३ जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल छन् । बसका सिट भने जलेर नष्ट भएका छन् ।
प्रकाशित मिति : शनिबार, बैशाख ३०, २०८० |
१३:२४:००
5545



















